काठमाडौँ । टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा भएको छ ।
मंगलबार राति ९:१५ मा नेपाल र नेदरल्याण्डसबिच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा देखाइने भएको छ ।
खेल सुरु हुनुभन्दा अगाडि कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतले टुँडिखेलमा सांगीतिक प्रस्तुति समेत दिनेछन् । -सुवास श्रेष्ठ/रातोपाटी
