• Tuesday 6th of October 2026

दिउँसो सुत्ने बानी : फाइदा कि बेफाइदा ?


  • धनकुटा खबर
  • .

काठमाडौं। हामी मध्येको कतिको बानी दिउँसोको समयमा सुत्ने हुन्छ। बिहान वा साँझ काममा सक्रिय हुनेहरु प्राय दिउँसो सुतेको पाउँछौं। रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन्। कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ। कतिपयले दिउँसो एक घण्टा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक भएको बताउँछन् । भने कतिपयले चाँही दिउँसो सुत्नु हानिकारक भएको बताउँछन्।

तर चिकित्सक भन्छन् दिउँसो सुत्नु स्वास्थ्यका लागि फाइदाजनक र हानिकारक दुवै हो। हामी कसरी र कति बेला सुत्छौं त्यो कुराले प्रभाव पार्दछ। सामान्यतया शारीरिक रुपमा कडा मिहिनेत गर्ने व्यक्तिहरु दिउँसो एकदुई घण्टा सुत्दा स्वास्थ्यलाई फाइदा गर्दछ भने दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिहरु दिउँसो सुत्नु नै हुँदैन।

दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन। यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ। दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ।

कुन उमेरका मानिसक कति सुत्ने ?
सामान्यतया सबै उमेर समूहका मानिसको लागि ६ घन्टाभन्दा कम सुत्नु भने स्वास्थ्यको लागि राम्रो मानिँदैन ।
सात वर्षभन्दा मुनिका बालबालिकाको हकमा दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मकाको लागि ९ देखि ११ घन्टा सुत्‍न आवश्यक हुन्छ । त्यस्तै, १४ देखि १९ वर्षका किशोरकिशोरीले ८ देखि १० घन्टा सुत्नुपर्छ । वयष्क मानिसहरूले भने ६ देखि ८ घन्टा सुत्नुपर्छ । ६० वर्षभन्दा माथिका वृद्धवृद्धाले हरुको तुलनामा धेरै समय सुत्नुपर्छ । उनीहरूका लागि १० देखि १२ घन्टा निन्द्रा आवश्यक हुन्छ ।

जहिले मन लाग्यो उहिले सुत्दा कोही मोटाउने कोही दुब्लाउने हुन्छ । निन्द्रा अव्यवस्थित हुने बित्तिकै जीवनशैली नै अव्यवस्थित हुन जान्छ । खानपानको समय मिल्दैन ।

दिउँसो सुत्दा हुने असरहरु
पाचन प्रणालीमा विभिन्न समस्या देखिन सक्छन् ।
अल्छीपना बढ्छ ।
शरीर निष्क्रिय हुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता घट्छ ।
दिउँसो सुत्दा हुने फाइदाहरु

मानसिक थकान टाढा हुन्छ
दिमागलाई तेजिलो बनाउँछ
मुटु स्वस्थ रहन्छ
तनाव घटाउँछ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖