• Thursday 8th of October 2026

तृप्ति डिमरीले मुम्बईमा किनिन् घर


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउडकी सबैभन्दा जवान र चर्चित अनुहार हुन् तृप्ति डिमरी । वेब सिरिज बुलबुल र कलामा उनको अभिनयको निकै तारिफ भएको थियो । तर लोकप्रियता भने उनले रणवीर कपूरको एनिमलबाट पाइन् । ३० वर्षीय अभिनेत्रीले मुम्बईमा शानदार घर किनेकी छिन् । यो घर बान्द्रा वेष्ट एरियाको कार्टर रोडमा छ ।

डेक्सटप डट कमका अनुसार उक्त घरका लागि तृप्तिले १४ करोड भारु तिरेकी छिन् । तीन तले यो भवन २ हजार २२६ वर्गफिटको छ । तृप्ति गएको वर्ष अन्त्यतिर सन्दीप वांगा रेड्डीको एनिमलमा रणवीर कपूरसँग देखिएकी थिइन् । तृप्ति अहिले आईएमडीबीमा सबैभन्दा धेरै हेरिने भारतीय स्टारको शीर्ष सयको सूचीमा पनि छिन् ।

कामको कुरा गर्ने हो भने तृप्ति करण जौहरको प्रडक्शनमा बन्न लागेको फिल्म ब्याड न्युजमा विक्की कौशल र एमी विर्कसँग काम गर्दैछिन् । यो फिल्म जुलाईमा रिलिज हुनेछ । कार्तिक आर्यनको भूल भुलैया ३ मा देखिँदैंछिन् । यो फिल्म भने दिवालीमा रिलिज हुनेछ ।

राजकुमार रावको विक्की विद्याका वो वाला भिडियोमा पनि देखिनेछिन् । राज शांडियल्सको निर्देशनमा बन्न लागेको यो फिल्म भने यही वर्षको अक्टोबर ११ मा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖