• Thursday 8th of October 2026

सोनाक्षी र जहीरले विवाहमा आउने पाहुनालाई राखे यस्तो शर्त


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबाल विवाहको खबरले चर्चामा छन्।

पछिल्लो केही दिनदेखि उनीहरूको विवाहको खबर चर्चाको विषय बनिरहेको छ। तर सोनाक्षी र जहीरले यस खबरलाई अफवाह बताएका छन्।

यसैबीच उनीहरूको विवाहको कार्डको तस्बिर सार्वजनिक भएको छ। सोनाक्षी र जहीर २३ जुनमा विवाह गर्दैछन्। उनीहको विवाह समारोहमा परिवार र नजिकको आफन्त मात्रै सहभागी हुनेछन्।

भारतीय सञ्चारमाध्यम टिभी ९ का अनुसार उनीहरूको विवाह समारोह दुई दिनसम्म चल्नेछ। उनीहरूले विवाह सहभागी हुने पाहुनाको लागि ड्रेस कोड राखिएको छ। उनीहरूको विवाहको कार्डमा उल्लेख भए अनुसार पाहुनाले फर्मल कपडा लगाउनु पर्नेछ।

विवाहमा सोनाक्षी रातो लेहँगा लगाउँदैछिन्। त्यसैले पाहुनालाई रातो लुगा नलगाउन भनिएको छ।

सोनाक्षीका प्रेमी जाहिर व्यापारी हुन्। जाहिरले सन् २०१९ मा फिल्म ‘नोटबुक’ बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म ‘डबल एक्सएल’ मा एकसाथ काम गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖