• Thursday 8th of October 2026

क्याबिन क्रु सदस्यसँग कियाराले यस्तो काम गरेपछि…


  • धनकुटा खबर
  • .

मुम्बई । एक क्याबिन क्रु सदस्यले बलिउड अभिनेत्री कियारा आडवाणीको बारेमा चकित पार्ने खुलासा गरेका छन् । क्याबिन क्रु सदस्यले किरासँग आफूसँग राम्रो अनुभव नभएको बताए।

उनले एकपटक अभिनेत्री विमानमा यात्रा गर्दा क्याबिन क्रु सदस्य र उनका साथीसँग दुर्व्यवहार गरेको बताए । क्याबिन क्रु सदस्यले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेका हुन् ।

यो अन्तर्वार्ताको केही अंश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसको कमेन्ट सेक्सनमा मानिसहरूले विभिन्न खालका टिप्पणी गरिरहेका छन् । एक प्रयोगकर्ताले पनि उनले पहिलो पटक भेट्दा कियारासँगको अनुभव पनि राम्रो नभएको टिप्पणी गरेका छन् ।

तर, यो भिडियोमा धेरै फ्यान कियाराको समर्थनमा पनि आएका छन् । कियाराको स्वभाव यस्तो नरहेको फ्यानहरूले बताएका छन् । उनी धेरै मीठो र दयालु महिला भएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖