एजेन्सी । न्युजिल्यान्डका फास्ट बलर लोकी फर्गुसनले आईसीसी टी-२० विश्वकपमा अनौठो रेकर्ड बनाएका छन् ।
उनले पपुवा न्युगिनी (पीएनजी)विरूद्धको खेलमा चार ओभरमा चार मेडन लिएर तीन विकेट (४-४-०-३) लिए । जुन टी-२० क्रिकेटमा झण्डै असम्भव मानिने रेकर्ड हो ।
उनले उत्कृष्ट बलिङमा न्युजिल्यान्डले पीएनजीलाई ७ विकेटले पराजित गर्यो ।
उत्कृष्ट बलिङ गरेका फर्गुसनले बनाएका रेकर्डहरू
टी–२० अन्तर्राष्ट्रिय खेलमा चार मेडन बल गर्ने दोस्रो बलर बनेका छन्, उनीअघि २०२१ मा क्यानडाका साद बिन जफरले पानामाविरूद्ध चार मेडनसहित दुई विकेट (४-४-०-२) लिएका थिए।
फर्गुसनले खेलमा २४ डट बलहरू फाले । यो टी-२० विश्वकपको एक इनिङ्समा बलरले गरेको सबैभन्दा धेरै फालेको डट बल हो । यसअघिको कीर्तिमान बंगलादेशका तनजिम हसन (२१)को नाममा थियो ।
