• Thursday 8th of October 2026

बलिउड अभिनेता अभिषेक बच्चनले किने १५ करोडको अपार्टमेन्ट


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अभिषेक बच्चनले नयाँ अपार्टमेन्ट किनेका छन्।
उनले मुम्बईमा ६ लग्जरी अपार्टमेन्ट किनेका हुन्। जसको मुल्य १५ करोड ४२ लाख भारू बताइएको छ।

भारतीय सञ्चारमाध्यम बलिउड तड्काका अनुसार अभिषेकले ओबेराय रियल्टीद्वारा ओबेराय स्काई सिटी प्रोजेक्टमा ६ अपार्टमेन्ट किनेका हुन्।
यो अपार्टमेन्ट कुल ४ हजार ८९४ स्क्वायर फुटमा फैलिएको छ।

६ अपार्टमेन्टमा दुई २५२ स्क्वायर फुटमा फैलिएको छ भने दुई ११०० स्क्वायर फुट र बाँकी १०९४ स्क्वायर फुटमा फैलिएको छ। यस अपार्टमेन्टमा १० वटा कार पार्किङ पनि छ।

अभिषेक छिट्टै शुजित सरकारको फिल्ममा देखिनेछन्। यो फिल्मपछि उनी कमेडी फिल्म ‘हाउसफुल ५’ मा देखिनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖