• Thursday 8th of October 2026

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले हात पारेका छन् ।

शनिबार साँझ राजधानीमा भएको ग्राण्ड फिनालेपछि पोखराकी सलोमी गुरूङ फस्ट रनरअप भइन् भने दार्जिलिङका सचिन विश्वकर्मा सेकेण्ड रनरअप घोषित भएका छन् ।

परियारले नगद २५ लाख र ट्रफीसहित धेरै उपहारहरू प्रदान गरिएको छ ।

फस्ट रनरअप सलोमी गुरुङले १० लाख नगद र ट्रफी र सेकेण्ड रनरअप विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात सहित उपहारहरु जित्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडल एपीवान टेलिभिजनले पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण सुरु गरेको भएको थियो ।

पाँचौं संस्करणको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए । देशभरबाट सहभागीमध्येबाट करण विजेता बनेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖