• Thursday 8th of October 2026

आफ्नै फ्यानको हत्या आरोपमा सुपरस्टार अभिनेता दर्शनलाई जेलमा राख्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । कन्नड फिल्मका चर्चित अभिनेता दर्शनलाई उनका एक फ्यानको हत्या गरेको अभियोगमा जुलाई ४ सम्म न्यायिक हिरासतमा पठाइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार, “कन्नड फिल्म अभिनेता दर्शनलाई बेंगलुरुको एक अदालतले रेणुकास्वामी हत्या प्रकरणमा जुलाई ४ सम्म न्यायिक हिरासतमा पठाएको छ।”

रेणुकास्वामी हत्याको आरोपमा प्रहरीले पक्राउ गरेका १७ जनामध्ये दर्शन पनि परेका छन् । रेणुकास्वामी अभिनेता दर्शनका फ्यान थिए र उनको शव नालीबाट बरामद भएको थियो।

यस हप्ताको सुरुमा बेंगलुरु शहरका पुलिस कमिश्नर बी दयानन्दले एक बयान दिएका थिए । उनले भनेका थिए – रेणुकास्वामीको हत्या अत्यन्त क्रूर र बर्बर तरिकाले गरिएको थियो।

प्रहरी आयुक्तले स्वामीको हत्यालाई जघन्य अपराध भनेका थिए । प्रहरीका अनुसार ४७ वर्षीय फिल्म अभिनेता दर्शन एक फार्मा कम्पनीमा काम गर्ने रेणुकास्वामीसँग रिसाए किनभने स्वामीले कन्नड अभिनेत्री पवित्रा गौडालाई सामाजिक सञ्जालमा अश्लील सन्देश पठाएका थिए।

भारतीय मिडियामा चलिरहेको समाचारमा पवित्रालाई दर्शनकी प्रेमिकाको रुपमा व्याख्या गरिएको छ । हत्याको आरोपमा प्रहरीले पवित्रालाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖