• Wednesday 7th of October 2026

डा शर्माको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं- डा किरणराज शर्माको निधन भएको छ। लामो समयदेखि बिरामी डा शर्माको सोमबार निधन भएको हो। डा शर्मा २०१६ सालमा जन्मिएका थिए।

डा शर्मा एनेस्थेसियोलोजिष्ट हुन्। डा शर्मालाई पार्किन्सन्स र मुटुको समस्या थियो। डा शर्माले लामो समय थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा दिए।

डा शर्मा सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालका सदस्य समेत हुन्। सोसाइटीले डा शर्माको निधनमा दुख व्यक्त गरेको छ।

डा शर्माको निधनपछि नेपाल चिकित्सक संघले पनि विज्ञप्ति निकाल्दै दुख व्यक्त गरेको छ। डा शर्मा संघका आजीवन सदस्य हुम् ।

‘नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. किरण राज शर्माको मिति २०८१ असार १० गतेका दिन असामयिक निधन हुन गएकोमा नेपाल चिकित्सक संघ परिवार स्तब्ध भएको छ। डा शर्माले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पुर्याउनु भएको योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहनेछ । इमानदार, लगनशील तथा वरिष्ठ चिकित्सकलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यन्तै मर्माहत भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖