• Thursday 8th of October 2026

दुबइ जानलाई रक्सीले लठ्ठिएर विमानस्थल पुगेका राजेशपायललाई जहाजले फर्कायो


  • धनकुटा खबर
  • .

काठमाडौं । गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖