• Thursday 8th of October 2026

हार्दिकसँग सम्बन्धविच्छेदको हल्लाबिच यस्तो आयो नताशाको पोष्ट


  • धनकुटा खबर
  • .

मुम्बई । अभिनेत्री तथा मोडल नताशा स्टान्कोविच आजकल आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । क्रिकेटर हार्दिक पाण्ड्यासँग उनको वैवाहिक जीवनलाई लिएर लगातार विभिन्न हल्ला चलिरहेको छ ।

उनीहरूको सम्बन्ध डिभोर्सतिर गएको बताइन्छ तर अहिलेसम्म हार्दिक र नताशा दुवैले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । तर आजकाल नताशा सामाजिक सञ्जालमा ‘क्रिप्टिक पोस्ट’ सेयर गरिरहेकी छिन् ।

हालै उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा एउटा क्लिप सेयर गरेकी छिन् जसमा उनले कठिन समयमा भगवानमाथि भरोसा गर्ने कुरा गरिरहेकी छिन् । यस क्लिपमा नताशा भन्छिन्, ‘म तपाईंहरू सबैसँग केही सेयर गर्न चाहन्छु । आज मैले कारमा बाइबल ल्याएको छु किनकि म तपाईंहरू सबैलाई पढेर सुनाउन चाहन्छु। यसमा लेखिएको छ– भगवान् सधैँ तपाईं साथमा अघि बढिरहनुहुन्छ, तपाईंलाई कहिल्यै एक्लै छोड्नुहुँदैन ।

जब हामी खराब परिस्थितिबाट गुज्रन्छौँ, हामी निराश हुन्छौँ, हराएको महसुस गर्छौँ तर भगवान् तपाईंको साथमा हुनुहुन्छ। तपाईं केबाट गुज्रिरहनुभएको छ, त्यसबाट परमेश्वर कहिल्यै अचम्मित हुनुहुन्न किनभने उहाँसँग तपाईंको लागि पहिले नै योजना छ।’

पछिल्लो समय नताशा र हार्दिकबिचको सम्बन्ध विच्छेदको खबरले थप बल पाएको छ किनभने भारतले टी-२० विश्वकप जितेपछि नताशाले हार्दिकको लागि कुनै पोस्ट सेयर गरिनन्। भारतको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा पत्नी नताशाले हार्दिकलाई बधाई दिएको पोस्ट सेयर गर्छिन् भन्ने मानिसहरूले अपेक्षा गरेका थिए तर त्यसो भएन।

यसअघि पनि नताशाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट हार्दिकसँगको विवाहको तस्बिर हटाएपछि सम्बन्धविच्छेदको हल्ला व्यापक भएको थियो । त्यसपछि केही दिनपछि नताशाले यी तस्बिरहरू रिस्टोर गरेकी थिइन् ।

हार्दिकले १ जनवरी २०२० मा नताशासँग इन्गेजमेन्ट गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका थिए । दुवैले ३१ मे २०२० मा विवाह गरेका थिए । सोही वर्ष ३० जुलाई २०२० मा उनीहरूको छोरा अगस्त्यको जन्म भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖