लस एन्जलस । ओस्कार विजेता हलिउड निर्माता जोन लान्डाउको निधन भएको छ । शुक्रबार ६३ वर्षको उमेरमा उनको मृत्यु भएको हो । एक वर्ष अघि देखि उनी क्यान्सरसँग जुधिरहेका थिए ।
मृत्युको खबरको लान्डाउको आफ्नै बहिनी टिनाले सामाजिक सञ्जालमा पुष्टि गरेकी छिन् । लान्डाउ हलिउडका निर्माताद्वय एली र ईडी लान्डाउका छोरा हुन् । केही समय उनी फिल्म बनाउने कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सको कार्यकारी पनि थिए । फिल्ममेकर जेम्स क्यामरुनसँग मिलेर उनले सन् १९९७ को ब्लकबष्टर फिल्म टाइटानिक बनाएका थिए ।
यो बक्स अफिसमा १ अर्ब डलरको व्यापार गर्ने पहिलो हलिउड फिल्म थियो । सन् २००९ मा आएको अवतार र सन् २०२ मा आएको यसको सिक्वेल अवताः द वे अफ वाटरले टाइटानिकको रेकर्ड तोडेका थिए ।
ल्यान्डाउनले हनी, आई श्रङ्क द किड्ज लगायत अन्नय हिट फिल्मको पनि सह–निर्माण गरेका थिए । उनको मृत्युको खबर बाहिरिएपछि क्यामरुनले महान निर्माता र महान मानवले आफूहरूलाई सदाका लागि छाडेर गएको भनेका थिए ।
