• Thursday 8th of October 2026

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ अस्पताल भर्ना भएकी छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनी चार दिनअघि चिरायु हस्पिटल भर्ना भएकी हुन्।

ज्वरो आएपछि चेकजाँचका लागि अस्पताल जाँदा एकसाथ धेरै स्वास्थ्य समस्या देखिएपछि भर्ना हुनुपरेको बबिताले बताइन्।

टन्सिल, छाती र ब्लडमा इन्फेक्सन, सुगर लगायतका समस्या देखिएको उनले बताइन्।

उनलाई आइसियूमा राखेर उपचार गराउने तयारी थियो। यद्यपि अहिले स्वास्थ्यमा सुधार आएपछि आइसियूमा जान नपरेको उनले जानकारी दिएकी छन्।

गायिका बबितालाई भेट्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू देवी घर्ती, राधिका हमाल, जुना श्रीस शुक्रबार अस्पताल पुगेका थिए।

स्वास्थ्यमा सुधार आए पनि अस्पतालबाट डिस्चार्ज हुन भने अझै केही दिन लाग्ने बबिताले बताइन्।

लाइभ दोहोरीमा चर्चित बबिताले ठमेलमा दोहोरी साँझ संचालन गर्दै आएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖