• Tuesday 6th of October 2026

किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुने क्रम बढ्याे : अध्ययन


  • धनकुटा खबर
  • .

अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

प्रतिवेदनअनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका किशोरीहरूमा औसततमा साढे १२ वर्षको उमेरमा महिनावारी शुरु हुने गरेकोमा सन् २००० काे दशकमा जन्मिएका किशोरीहरूमा औसतमा ११ वर्ष १० महिनामै महिनावारी शुरु भएको पाइएको छ । पहिलो पटक महिनावारी भएपछि बालिकाहरूको स्तनको विकास हुने र किशोरावस्थामा देखिने परिवर्तन चाँडो चाँडो देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।

केही वर्षअघि दक्षिण कोरियामा गरिएको अनुसन्धानले पनि बालिकाहरू समयअघि नै किशोरावस्थामा पुग्ने गरेका देखाएको थियो । दक्षिण कोरियामा सन् २००८ को तुलनामा २०२० मा ८ वर्षको उमेरभन्दा अगाडि नै स्तनको विकास र महिनावारी शुरु हुने क्रम १६ गुनाले बढेको पाइएको थियो ।

चाँडै किशोरावस्था देखा परेका बालिकाहरूलाई स्तन र डिम्बाशयको क्यान्सरदेखि मोटोपना, मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिमसँगै प्रजनन समय अविधि घटाउने जस्ता समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । वैज्ञानिकहरूले चाँडो महिनावारी शुरु हुनुमा मोटोपना र वायु प्रदूषणलाई मुख्य कारण मानेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖