• Thursday 8th of October 2026

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार गरि हत्या प्रयास, भूईमा ढले ट्रम्प


  • धनकुटा खबर
  • .

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। चुनावी र्‍यालीका क्रममा गोली लागेर उनी घाइते भएका छन्।

सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया राज्यमा स्टेजमा बोल्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो। गोली लागेपछि लडेका ट्रम्पलाई गुप्तचरहरूले उठाएका थिए। उनको अनुहारमा अनुहारमा रगत देखिएको थियो।

अमेरिकी समय अनुसार शनिबार राति पेन्सिलभेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा गोली प्रहार भएको हो। गोली लागेर एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको छ। अर्का एक दर्शकको अवस्था गम्भीर छ।

ट्रम्पले सामाजिक सञ्जालमा आफ्नो दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताएका छन्। अधिकारीहरूले ट्रम्प सुरक्षित रहेको जनाएका छन्। कानून प्रवर्तन अधिकारीहरुका अनुसार गोलीबारीलाई हत्याको प्रयासको रूपमा अनुसन्धान भइरहेको छ। राष्ट्रपति जो बाइडनले ट्रम्पको हत्या प्रयासको निन्दा गर्दै उनी सुरक्षित रहेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖