• Thursday 8th of October 2026

डिपार्टमेन्टल स्टोरमा आगलागी,१६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ।

सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् ।

चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन्। गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖