• Thursday 8th of October 2026

काठमाण्डौ आउँदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण


  • धनकुटा खबर
  • .

एजेन्सी – मलेशियाको क्वालालाम्पुरबाट काठमाण्डौ आइरहेको मलेशिया एअरलाइन्सको एम.एच. ११४ विमानले म्यानमारको याङ्गुन विमानस्थलमा आपतकालिन अबतरण गरेको छ ।

याङ्गुनमा अबतरण गर्नुअघि आपतकालीन घोषणा गरेको भए पनि कारण भने नखुलेको मलेशियाको संचारमाध्ययम मलायमेल डक कमले जनाएको छ ।

विमान क्वालाम्पुर विमानस्थलबाट स्थानीय समय अनुसार राती आठ बजेर ४९ मिनेटका उडेको थियो । बोइङ ७३७–८०० नम्बरको त्यो विमान मलेशिया एअरलाइन्सले सन् २०१४ देखि प्रयोग गर्दै आएको थियो ।

मलेशिया एअरलाइन्सले यस बारेमा थप विवरण उपलब्ध नगराएको पनि मलायमेल डट कमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖