• Thursday 8th of October 2026

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमलालाई समर्थन


  • धनकुटा खबर
  • .

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवारी नदिने निर्णय गरेका छन् । उनले आफ्ना सहकर्मी र उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका छन्।

बाइडेनले आफ्नो सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत यो जानकारी दिएका हुन् । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । अमेरिकामा चार महिनापछि मात्रै राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ‘निराशाजनक’ थियो । त्यसबेलादेखि डेमोक्र्याट नेताहरूले बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब दिइरहेका थिए।

जो बाइडेनको तर्फबाट उनको निर्णय राष्ट्र र उनको पार्टीको हितमा रहेको भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो। फेरि चुनाव लड्ने मेरो मनसाय भए पनि पार्टी र देशको हितमा उम्मेदवारी फिर्ता लिने र बाँकी कार्यकाल राष्ट्रपति पदको जिम्मेवारी पूरा गर्नमा पूर्ण ध्यान दिने विश्वास लिएको छु ।’

बाइडेनले पोस्टमा उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने पनि घोषणा गरेका छन्। बाइडेनले भने, ‘सन् २०२० मा पार्टीको राष्ट्रपतिको उम्मेदवार बनेपछि मेरो पहिलो निर्णय कमला ह्यारिसलाई उपराष्ट्रपतिमा छान्ने थियो र यो सबैभन्दा राम्रो निर्णय थियो ।’

उनले आफ्नो निर्णयको बारेमा थप जानकारी दिन राष्ट्रलाई सम्बोधन गर्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖