• Thursday 8th of October 2026

वकिल बन्न चाहन्थिन् अभिनेत्री करीना


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री करीना कपूर खान फिल्म क्षेत्रमा बेबो नामले परिचित छिन्।

उनले आफ्नो फिल्म करियरमा थुप्रै हिट फिल्म दिएकी छन्। तर उनी अभिनेत्री बन्नुअघि वकिल बन्न चाहन्थिन्।

उनी समर कोर्सको लागि हार्वर्ड यूनिभर्सिटी समेत गएकी थिइन्। ‘हो म समर स्कूल गएकी थिएँ। मलाई यस कुरादेखि गर्व लाग्छ। मसँग त्यो क्याम्पसमा खिचेको एउटा तस्बिर समेत छ। मैले सोचेको थिएँ कि म वकिल बन्छु। तर मैले अभिनयको किरालाई टाढा राख्न सकिनँ,’ उनले भनिन्।

उनले आफूलाई अभिनयमा आउन कसैले दबाब नदिएको खुलाउँदै भनिन्, ‘मेरो आमाबुवा र दिदी करिश्मा कपूर अभिनय क्षेत्रमा थिए। तर उहाँहरूले मलाई अभिनय क्षेत्र छान्न दबाब दिनु भएन। मैले जे गरेँ पनि मेरो आमाबुवा खुसी हुनुहुन्थ्यो।’

अभिनेत्री करीना पछिल्लो समय फिल्म ‘क्रू’ मा देखिएकी थिइन्। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖