• Thursday 8th of October 2026

भेटियो ५५ वर्षअघि हराएको पानीजहाजको भग्नावशेष


  • धनकुटा खबर
  • .

सिड्नी । अस्ट्रेलियामा ५५ वर्षअघि हराएको समुद्री जहाज एमभी नुन्गाहको भग्नावशेष फेला परेको छ । उक्त जहाज २१ यात्रुसहित डुबेको थियो ।

सन् १९६९मा उक्त जहाज आँधीजन्य मौसमका समयमा साउथ वेल्सको तटीय क्षेत्रबाट हराएको थियो ।

अस्ट्रेलियन साइन्स एजेन्सीले त्यसको भग्नावशेषको लोकेसन अहिले पत्ता लगाएको हो । त्यसका लागि हाइ रिजोलुसन सिफ्लोर म्यापिङ र भिडियो फुटेजको सहारा लिइएको थियो । बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖