• Tuesday 6th of October 2026

उपचारका क्रममा टेकु अस्पतालबाट भागेका ३ जनामा पनि हैजा पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौं- हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका ३ जनामा हैजा पुष्टि भएको छ।

परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले स्वास्थ्य खबरलाई बताए।

‘ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि टेकु अस्पताल ल्याइएकोमा ४ जनामा नै हैजा पुष्टि भएको छ,’ डा पौडलले भने।

हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेका उनीहरु सोमबार राती अस्पतालबाट भागेका थिए। हालसम्म उनीहरु सम्पर्कमा आइसकेका छन्। उक्त पुनःस्थापना केन्द्रमा आपुर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटिएको थियो।

वर्षातको समयमा पानीजन्य रोगबाट बच्नुपर्ने डा पौडेलले सुझाव छ। जसका लागि उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने, शौचालय गइसकेपछि, खाना खानु र खाना खाइसकेपछि साबुनपानीले हात धुने, घर वरपरको वातावरण सफा राख्ने, बासी तथा सडेगलेका खाना नखान उनी सुझाव दिन्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖