• Thursday 8th of October 2026

सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु


  • धनकुटा खबर
  • .

मस्को–रुसमा एमआई–२८ सैन्य हेलिकप्टर भएको छ । दक्षिणपश्चिमी रुसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रुसी समाचार एजेन्सीहरूले बिहीवार जनाएका छन् ।

हेलिकप्टर रुसको कालुगा क्षेत्रमा दुर्घटनाग्रस्त भएको र दुर्घटनामा चालक दलका सदस्यको मृत्यु भएको रुसी समाचार संस्था (तास)ले रक्षा मन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार हेलिकप्टर प्राविधिक समस्याका कारण दुर्घटना भएको इन्टरफ्याक्सले उल्लेख गरेको छ ।

युक्रेनको सीमाबाट करिब १५० किलोमिटर टाढाको जङ्गलमा हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय अधिकारीले बताएका छन् ।

हेलिकप्टरको दुर्घटना प्राविधिक वा आक्रमणका कारण भएको भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖