• Wednesday 7th of October 2026

फराह खानकी आमाको निधन


  • धनकुटा खबर
  • .

मुम्बई । निर्देशक तथा कोरियोग्राफर फराह खानकी आमा मेनका इरानीको बिहीबार निधन भएको छ । उनी ७९ वर्षकी थिइन् र लामो समयदेखि बिरामी थिइन् ।

उनको मुम्बईको नानावती अस्पतालमा उपचार भइरहेको थियो । उनी डिस्चार्ज भएर घर आएकी थिइन् । तर त्यसपछि उनको स्वास्थ्य बिग्रियो। उनलाई पुनः अस्पताल भर्ना गरिए पनि उनलाई बचाउन सकिएन । अस्पतालमै उनले अन्तिम श्वास फेरिन् ।

मेनका इरानीले कामरान खानसँग विवाह गरेकी थिइन् । कामरान खान निर्देशक थिए । उनका फिल्म फ्लप भएपछि पहिले सम्पन्न परिवार सडकमा उत्रिएको थियो ।

यस्तो अवस्थामा मेनकाले दुवै बच्चा (फराह र साजिद) लाई निकै कठिनाइमा हुर्काएकी थिइन् । फराह र साजिदले यो कुरा धेरै पटक सार्वजनिक रुपमा पनि भनेका छन् ।

मेनका इरानी पुरानो समयकी अभिनेत्री डेजी इरानी र पटकथा लेखक हनी इरानीकी बहिनी पनि हुन्। हनी इरानी जावेद अख्तरकी पहिलो पत्नी हुन् । फरहान अख्तर र जोया अख्तर दुवै उनका सन्तान हुन् ।

फराहले दुई साताअघि आफ्नी आमाको जन्मदिन सेलिब्रेट गरेकी थिइन् । उनले आफ्नी आमाको लागि एक भावुक पोस्ट पनि साझा गरेकी थिइन्।

फराहका लागि उनकी आमा सबैभन्दा साहसी व्यक्ति थिइन्। उनले सामाजिक सञ्जालमा आमासँग दुईवटा तस्बिर पनि सेयर गरेकी थिइन् जसमा उनले आफ्नी आमाको पटकपटक शल्यक्रिया गरेको बताएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖