• Tuesday 6th of October 2026

उमेर अनुसार दैनिक कति घण्टा सुत्नु आवश्यक छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । जुन रात हामी राम्ररी सुत्न सक्दैनौँ, भोलिपल्ट मन अशान्त रहन्छ। निद्रा यस्तो प्रक्रिया हो जस बिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ ।

जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अंगहरूलाई आराम मिल्छ र त्यसपछि अर्को दिन पूर्ण ऊर्जा प्राप्त हुन्छ। निद्राको बेला हामी शारीरिक र मानसिक रूपमा आरामको अवस्थामा हुन्छौँ तर हाम्रो शरीरले भित्रबाट काम गरिरहन्छ।

सुत्दा शरीरले आफ्नो अंगहरू मर्मत गर्छ। निद्रामा मात्र प्रतिरक्षा प्रणाली रासायनिक रूपमा सम्पूर्ण शरीरको रक्तप्रवाहमा पुग्छ। सुत्दा पाचन प्रक्रिया पनि तीव्र हुन थाल्छ ।

त्यसैले निद्रा हाम्रो जीवनको एक महत्वपूर्ण भाग हो। तर के तपाईलाई थाहा छ तपाईलाई हरेक दिन कति घण्टा सुत्न आवश्यक छ?

कति सुत्ने ?

मायो क्लिनिकका अनुसार, तपाईंलाई कति घण्टा सुत्न आवश्यक छ भन्ने धेरै कुराहरूमा निर्भर गर्दछ। उदाहरणका लागि, तपाईंको उमेर के हो, तपाईं के काम गर्नुहुन्छ, तपाईंको खानपान के हो, तपाईं कहाँ बस्नुहुन्छ आदि धेरै कुराले निद्राको आवश्यकता मापन गरिन्छ।

निद्राका पनि धेरै चरणहरू हुन्छन्। गहिरो निन्द्रा लाग्दा मात्रै शरीरलाई फाइदा हुन्छ । सामान्यतया विश्वास गरिन्छ कि एक सामान्य स्वस्थ वयस्कले हरेक रात ६ देखि ७ घण्टा सुत्नु पर्छ। तर यदि तपाईं बिचमा उठ्नुभयो भने, निद्राको गुणस्तर बिग्रन्छ र तपाईंले यसबाट राम्रो फाइदा पाउनुहुनेछैन।

उमेर अनुसार निद्राको आवश्यकता :

० देखि ३ महिना बिचका शिशु- २४ घण्टामा १४ देखि १७ घण्टा
४ देखि १२ महिना बिचका शिशु- २४ घण्टामा १२ देखि १६ घण्टा
१ देखि २ वर्षका बालकालिका- २४ घण्टामा ११ देखि १४ घण्टा
३ देखि ५ वर्षसम्मका बालबालिका- २४ घण्टामा १० देखि १३ घण्टा
६ देखि १२ वर्षसम्मका बालबालिका- २४ घण्टामा ९ देखि १२ घण्टा
१३ देखि १८ वर्षसम्मका बालबालिका- २४ घण्टामा ८ देखि १० घण्टा
१८ वर्षभन्दा माथिका वयस्क- हरेक रात ७ घण्टाभन्दा बढी
पर्याप्त निद्राका फाइदाहरू:

रिपोर्टका अनुसार यदि तपाईं राति बारम्बार उठ्नुहुन्छ भने, यसले गुणस्तरीय निद्रा आउँदैन। पर्याप्त निद्राको लागि गुणस्तरीय निद्रा चाहिन्छ जसमा व्यक्ति गहिरोसँग सुत्छ।

यदि तपाईंले पर्याप्त गुणस्तरको निद्रा पाउनुभयो भने, तपाईं प्रायः बिरामी पर्नुहुने छैन। यसले तपाईंको मुड सुधार गर्नेछ र तनाव कम गर्नेछ। मुटुको स्वास्थ्य ठीक रहनेछ र मेटाबोलिजम पनि बढ्नेछ।

यी सबैबाहेक मुटु रोग, टाइप २ मधुमेह, उच्च रक्तचाप र स्ट्रोकको जोखिम पनि कम हुनेछ । राम्रो निन्द्राले स्मरणशक्तिमा पनि सुधार गर्छ । त्यसैले राम्रो निद्राको लागि रातिको समय निश्चित गर्नुहोस्। यस समयमा तपाईलाई राम्रो निद्रा लाग्नेछ।

साथै आफ्नो बेडरूम शान्त राख्नुहोस्। सुत्नुअघि सुत्ने कोठामा खाना नराख्नुहोस्। सुत्नुअघि चिया वा कफी नपिउनुहोस्। नियमित व्यायाम गरेमा पनि राम्रो निद्रा लाग्छ ।

अस्वीकरण (Disclaimer) : यो सामग्री हामीले एजेन्सीबाट लिएका हौँ । यसलाई पूर्ण ठानेर यहाँ बताइए बमोजिम आफैँ अभ्यास नगर्नुहोला, यसलाई आधार मानेर एकपटक सम्बन्धित विषयको चिकित्सकसँग परामर्श लिनुहोला ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖