झापा । बुवाको १३ दिने किरियामा बसेका झापा शिवसताक्षीका एकजना व्यक्तिको निधन भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरियाकै समयमा निधन भएको हो । काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो ।
उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो । सडक दुर्घटना परेर बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।
