• Wednesday 7th of October 2026

पशुपतिमा लागेको कोटिहोममा पुगेर पल शाहले गरे एक लाख दान


  • धनकुटा खबर
  • .

काठमाडौ । यतिबेला पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। कोटिहोममा लाखौं भक्तजनको घुइँचो लाग्ने गरेको छ।

उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ।

अहिलेसम्म लाखौं भक्तजनले कोटिहोमको दर्शन गरिसकेका छन्। एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो। कोटिहोममा सहभागी भक्तजनले करोडौं रूपैयाँ सहयोग गरिरहेका छन्।

सोमबार उक्त कोटिहोममा अभिनेता पल शाह पनि पुगेका थिए। कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन्। त्यसो त कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ।

आफ्नी आमा लिएर कोटिहोममा पुगेका अभिनेता पल शाहले १ लाख एक हजार १११ रुपैयाँ दान गरेका छन्। उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖