• Saturday 28th of November 2026

काठमाडौको धागो गोदाममा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ ।

विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीको भनाई छ ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖