• Saturday 28th of November 2026

यी रहेछन् बुवाको किरिया कर्म गर्दागर्दै निधन भएका छोरा गणेश


  • धनकुटा खबर
  • .

झापा । झापाको शिवसताक्षीमा दिवंगत बुबाको १३ दिने किरिया कर्म गर्न बसको एक व्यक्तिको निधन भएको छ ।

शिवसताक्षी नगरपालिका–११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया कर्ममा बसेकै समयमा निधन भएको हो ।

काजकिरिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो ।

सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो । बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖