काठमाडौं । केरलाको वायनाडस्थित मेप्पडी नजिक पहिरोमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको संख्या पनि ९८ रहेको जानकारी दिए ।
यसअघि केरलाका मुख्य सचिव डा वी वेणुले भनेका थिए, ‘स्थिति गम्भीर बन्दै गएको छ । ७० भन्दा बढी शव अस्पतालमा लगिएको छ । पोस्टमार्टम र अनुसन्धानका लागि कदम चालिएको छ ।’
केरलाका वन मन्त्री एके ससिधरनले एनडीआरएफ टोलीहरू डोरीको उद्धार कार्यमा संलग्न रहेको जानकारी दिए । सेनाको टोलीले पनि काम सुरु गरेको छ ।
उद्धार कार्यका क्रममा २५० भन्दा बढीको उद्धार गरिएको छ ।
स्वास्थ्यमन्त्री वीणा जर्जले मंगलबार बिहान ३ बजे पहिरोको घटना भएको बताएकी छन् ।
पहिरोले स्थानीय मुन्दाकयी, चुरालमाला, अटामाला र नूलपूजा समेत चार गाउँलाई क्षति पुर्याएको छ । घर, पुल, सडक र सवारीसाधन पनि बगाएको छ ।
