• Saturday 28th of November 2026

धनगढी विमानस्थलमा पक्राउ परेका युवकले विमानभित्र एयर हाेस्टेजमाथि यतिसम्म गरेछन्


  • धनकुटा खबर
  • .

धनगढी । काठमाडौं-धनगढी उडानका क्रममा मंगलबार श्री एयरलाइन्सकाे विमानमा एयर हाेस्टेजमाथि दुर्व्यवहार गरेकाे भन्दै गाेदावरी नगरपालिका-१ का शिवराज ओझालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उनले उडानका क्रममा एयरहाेस्टेज मात्र नभएर अन्य यात्रुहरू समेत असर पर्ने खालका गतिविधि देखाएकाे बताइएको छ ।

त्रिभुवन विमानस्थलबाट ४ बजे उडने श्री एयरलान्सको उडान नंम्बर २२५ काे जहाज ५० मिनेट ढिलोगरी ४ः५० मा धनगढीका लागि उडेको थियो ।

जहाज उडेलगत्तै देखि ओझाले दुई जना एयरहोस्टेज मध्ये एकलाई जिस्काउन थालिसकेका थिए ।

श्रीएयरलाईन्सका धनगढी स्टेशन म्यानेजर गजेन्द्र शाहीले दिएको जानकारी अनुसार ती यात्रुले सबैभन्दा पहिला सिटबेल्ट लगाउन मानेनन । एयरहोस्टेजले पटप–पटक सिटबेल्ट लगाउन भन्दा पनि उनले नमानेर जिस्काईरहे ।

त्यसपछिको उनले सीटको ह्याण्डील (हातराख्ने ठाउँ) मा खुुट्टा राखेर ग्यालरीमा हिडन असहज हुने हर्कत गरे ।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे । ‘तीन/चार पटक अनुरोध गर्दा पनि नमानेपछि एयर होस्टेजले क्याप्टेन सुगम धिमिरेलाई जानकारी गराईन । त्यतीबेला काठमाण्डौंबाट जहाज आधा समय उडिसकेको थियो’ स्टेशन म्यानेजर शाहीले भने ।

उनले जहाजको ग्यालरीमा पानी र पेयपदार्थ दिन आउने बेला एयरहोस्टेजलाई लात्ता लाग्ने गरी अटेर गरिरहे ।

‘यस्तो अवस्था आएमा प्रायजसो क्याप्टेनले जहाज डाईभर्ट गर्ने पर्छन । क्याप्टेनले यात्रु र उडान दलका सदस्यको सुरक्षाका लागि भन्दै प्राय जहाज फर्काएका उदाहरण पनि छन’ शाहीले भने ।

‘तर क्याप्टेन घिमिरेले घटनाको जानकारी नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई गराए । प्राधिकरणले प्रहरीलाई जानकारी गरायो । जहाज अवतरण हुने बित्तिकै ओझा धनगढी विमानस्थलबाटै पक्राउ परे ।’

श्रीययरलाईन्सको उडान नं. २२५ को उक्त जहाज क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले उडाई रहेका थिए । काठमाण्डौंमा जहाजमा चढने बेला पनि ती युवकको एकजना यात्रुसँग भनाभन भएको थियो ।

जहाजमा अन्तिम समयमा चढेका ती युवक १ नम्बर सीटमा बसेका थिए । उक्त सीट एयरहोस्टेज बस्ने ढोकानजिकै हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖