• Saturday 28th of November 2026

प्रेमिका भेट्न हिँडेका युवक मृत फेला परेपछि


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार राति वेदकोट नगरपालिका वडा नम्बर १० बस्ने २३ वर्षीय प्रविन डगौरा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले डगौरा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत भेटिएको बताए ।

डगौरा मृत भेटिएको घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । प्रारम्भीक अनुसन्धानका क्रममा उनी राति आफ्नी प्रेमीकालाई भेट्न गएको तथ्य फेला परेको छ तर घटनाको कारण भने के हो ? भन्ने पत्ता लागिसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖