• Wednesday 7th of October 2026

गायिका शान्तिश्रीले मागिन् माफी


  • धनकुटा खबर
  • .

काठमाडौँ । गायिका शान्तिश्री परियारले दर्शक–श्रोतासँग माफी मागेकी छन् ।

आफ्नो स्वर रहेको तिज गीत ‘बिस्ताराले पोल्यो’ लाई लिएर व्यापक आलोचना र विरोध भएपछि उनले बुधबार एक वक्तव्य जारी गर्दै माफी मागेकी हुन् ।

‘श्रावण ११ गते प्रसारित “बिस्ताराले पोल्यो” भन्ने गीतमा मेरो आवाज रहेको छ । सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि उक्त गीतको भिडियोको केही दृष्यांशहरुका कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिका टिप्पणी आइरहेको हुँदा म लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र आदरणीय शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छु’, उनले अगाडि भनेकी छन्, ‘आगामी दिनमा शब्द सङ्गीत छनौट गरी गाउने वाचा गर्दछु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖