• Wednesday 7th of October 2026

‘बिस्ताराले पोल्यो’बाट आलोचना भएपछि शान्ति श्रीले भनिन्- ‘हिडिरहँदा ठेस लाग्दो रहेछ’


  • धनकुटा खबर
  • .

काठमाडौं । तीजको सन्दर्भमा निकालिएको एउटा गीतले चर्को आलोचना खेपेपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन् । उनले आज विज्ञप्ति जारी गरेरै आफूले गल्ती गरेको र अब विचार गरेर मात्रै गीतमा आवाज दिने प्रतिबद्धता जनाएकी छिन् ।

आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने उल्लेख गर्दै उनले लेखेकी छिन्, ‘कहिले काहिँ सधैँ हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ । त्यहीँबाट लागेको थोरै चोट, जुन चोटले आफूसङ्गै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ । त्यसैले अब हिँड्दा अलि ख्याल गरेर हिड्नेछु ।’ उनले आफूले गाएको गीतमा दर्शकको मनमा ठेस पुगेको भन्दै माफी मागिन् ।

परियार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य पनि छिन् । ‘बिस्ताराले पोल्यो’ गीतमा आवाज दिएकी उनले त्यो गीत तीजको गीत विशेष वा लोक तथा दोहोरी विधामा नपर्ने भएपनि गीतको भिडियोको केही दृष्यले दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उल्लेख गरेकी छिन् ।

‘म लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठाप्रति र शुभचिन्तकहरू प्रति आँच पुग्न गएको आभास भएको हुँदा क्षमाप्रार्थी छुु’, उनले विज्ञप्तिमा भनेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖