• Saturday 28th of November 2026

दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराइयो विमान


  • धनकुटा खबर
  • .

एजेन्सी । आयरल्याण्डबाट स्पेनका लागि उडेको ‘एर लिङ्गस’ वायुसेवा कम्पनीको विमानमा दम्पतीबिच झगडा भएपछि आकस्मिक अवतरण गराउनु परेको छ ।

गत शुक्रबार आयरल्याण्डको डब्लिनबाट स्पेनको मल्लारोका जान लागेको विमानभित्र दम्पतीले चर्को विवादका साथै हिंस्रक झगडा गरेको बताइएको छ ।

चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी उक्त विमानलाई फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जनाइएको छ ।

आकस्मिक अवतरणपछि स्थानीय सुरक्षाकर्मीले विमानमा झगडामा संलग्न पुरुषलाई नियन्त्रणमा लिएको समाचार एजेन्सीहरूले जनाएका छन् । महिलाको अनुहारमा भने केही चोट रहेकाले प्राथमिक उपचार गराइएको छ ।

सो घटनाका कारण विमान आफ्नो निर्धारित यात्रामा करिब दुई घण्टा ढिलो भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖