• Tuesday 6th of October 2026

महिनावारी हुँदा पेट किन दुख्छ ?


  • धनकुटा खबर
  • .

महिनावारीको समयमा धेरै महिलालाई पेट दुख्ने समस्या हुनसक्छ। यो हर्मोनकै गडबडीले गर्दा हो। दोस्रो र तेस्रो दिनको दुखाईमा केही समस्या नभए पनि कसैलाई धेरै ब्लिडिङ हुने, कसैलाई कम हुने, कसैलाई रगतको क्लट (चोक्टा) आउने हुन्छ।

रगतको क्लट आउँदा पाठेघर खुम्चिएर दुख्ने हुन्छ। महिनावारीको पहिलो दिन दुख्ने हुन्छ। दुखाई सबै महिलामा एउटै हुन्छ। यसलाई प्राकृतिक नै मान्नुपर्छ।

तर कसैले सहन नसकेर अस्पताल गएर इन्जेक्सनसमेत लगाउनुपर्ने अवस्था आउन सक्छ। कसैलाई नियमित महिनावारी भएको छ। तर धेरै रगत गएको छैन भने सामान्य र राम्रो मानिन्छ। उहाँहरूको हकमा दुखाई कम भएको देखिन्छ।

दुखाई कम गर्न के गर्न सकिन्छ ?
हामीले व्यायामसँगै खानपानमा समेत विशेष ध्यान दिनुपर्छ। तौल धेरै छ भने हर्मोनमा गडबडी हुनसक्छ। त्यसको लागि आफ्नो तौल नियन्त्रण गर्नुपर्छ।

खाने कुराहरूमा पनि बाहिरको खानेकुरा, जकं फुड धेरै नखाने, फलफूल, तरकारी, प्रोटिनयुक्त खाना धेरै खाने गर्नाले पनि समस्या कम हुन्छ। पेट दुखेको अवस्थामा आराम गर्नुपर्छ। प्रर्याप्त मात्रा तातो पानीहरु खाने गर्नुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖