• Wednesday 7th of October 2026

यसरी खलीले खोले बिग बोसको पोल


  • धनकुटा खबर
  • .

मुम्बई । विवादित टिभी शो बिग बोसमा पटक पटक ‘स्क्रिप्टेड’ (पहिले नै कथा तयार) भएको आरोप लाग्ने गरेको छ । धेरै पूर्व प्रतियोगीहरूले शो पहिले नै स्क्रिप्ट गरिएको दाबी गरेका छन्।

अब यो सूचीमा ‘द ग्रेट खली’को नाम पनि परेको छ । बिग बोसबारे खुलासा गर्दै उनले यो शोको स्क्रिप्ट पहिल्यै लेखिने बताएका हुन् ।

सरदारको टेक नामको पोडकास्टमा खलीले बिग बोसको बारेमा भने, ‘सबै शोहरू स्क्रिप्टेड छन्। यो शोको स्क्रिप्ट पनि छ । शोमा आएपछि के गर्ने भनेर सबैले बताउँछन्। म भन्छु सारा संसार स्क्रिप्टेड छ। आजकल विवाह पनि स्क्रिप्टेड छ।’ डब्ल्यूडब्ल्यूईको बारेमा सोध्दा खलीले यसको स्क्रिप्ट पनि पहिले नै तय गरिने बताए ।

रेस्लर ‘द ग्रेट खली’ वाइल्ड कार्डमार्फत बिग बोस सिजन ४ मा प्रवेश गरेका थिए । यो सिजन सन् २०१० मा प्रसारण भएको थियो।

शोका बाँकी तीन प्रतियोगीसँगै उनी पनि शोको अन्तिम सातासम्म पुगेका थिए । उनी उक्त सिजन उपविजेता बनेका थिए ।

बिग बोसको घरबाट बाहिरिएपछि खलीले शोको बारेमा यसअघि पनि धेरै खुलासा गरेका थिए । उनले एक अन्तर्वार्तामा बिग बोसमा प्रतियोगीहरूले गर्ने कामहरू योजनाबद्ध हुने र जनतालाई देखाउन र टीआरपी बढाउन, यो सबै लाइभ गरिने बताएका थिए। उनका अनुसार शोमा हुने सबै कुरा स्क्रिप्टेड हुन्छ जसमा प्रतियोगीहरूले अभिनय गर्नुपर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖