• Thursday 8th of October 2026

इजरायलद्वारा हमासका अर्का नेताको हत्या


  • धनकुटा खबर
  • .

प्यालेस्टाइनको चिकित्सा विभागले वेस्ट बैंकको एक क्षेत्रमा इजरायली ड्रोन आक्रमणमा स्थानीय हमास नेतासहित पाँच जना मारिएको बताएको छ।

इजरायली सेनाले यस आक्रमणको निसाना तुल्कारम सहरनजिकै रहेको विद्रोहीहरूको बेस रहेको बताएको छ।

इजरायली सेनाले भन्यो– हामीले एउटा गाडीमा आक्रमण गरेका थियौँ, जसमा पाँच बन्दुकधारी इजरायलमा आक्रमण गर्न गइरहेका थिए।

प्यालेस्टिनी मिडियाका अनुसार इजरायली हमलामा मारिएका हमास नेताको नाम हैथम बलिदी रहेको खुलासा भएको छ। उनी हमासको सैन्य शाखा इज-ए-दिन अल-कसाम ब्रिगेडका स्थानीय कमान्डर थिए।

यसअघि हमासका शीर्ष राजनीतिक नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा भएको आक्रमणमा मारिएका थिए।

यसअघि इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा हिजबुल्लाहका शीर्ष कमान्डर फाउद शुक्र पनि मारिएको बताएको थियो।

यसैबीच इजरायलले हालै हमासका सैन्य नेता मोहम्मद डेफको मृत्यु भएको पुष्टि पनि गरेको छ। बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖