• Wednesday 7th of October 2026

५ वर्षपछि फिल्ममा फर्किंदै राजेश हमाल


  • धनकुटा खबर
  • .

काठमाडौं । अभिनेता राजेश हमाल ५ वर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । निर्देशक दिवाकर भट्टराईको आगामी एक्सन–थ्रिलरमा उनी अनुबन्धित भएका छन् ।

निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ । सहमतिको जानकारी दिँदै हमालले लेखेका छन्– लामो अन्योलतापछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ फिल्मको शीर्षक तय भैसकेको छैन ।

सामाजिक कथामा आधारित हुने यो फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ । फिल्ममा हमालको शीर्ष भूमिका हुने जनाइएको छ ।

‘राजेश दाईलाई पुरानो भन्दा पनि नयाँ लुकमा ल्याउँदैछौं । डेढमहिनादेखि स्क्रिप्टमा बसेका छौं’ निर्देशक भट्टराईले भने, ‘कमब्याकको लागि गर्विलो स्क्रिप्ट भन्ने कुरामा उहाँ सहमत हुनुभयो ।’

हमालको लागि यो फिल्म करिअरको दोस्रो इनिङ हुनसक्ने भट्टराईको दावी छ । फिल्मको लेखन तथा निर्देशन भट्टराईकै हुनेछ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा फिल्म छायांकनको तयारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖