• Saturday 28th of November 2026

आज साउनको तेस्रो सोमबार बुध प्रतिगामी : यी व्यक्तीको चम्किनेछ भाग्य, रोकिएको काम पनि हुनेछ सम्पन्न


  • धनकुटा खबर
  • .

एजेन्सी । साउनको तेस्रो सोमबार साउन २१ गते परेको छ । साउनको तेस्रो सोमबार पनि ग्रहहरूको अचम्मको खेल हुन लागेको छ । वास्तवमा धनको लागि जिम्मेवार मानिने ग्रह बुध सिंह राशिमा सर्दैछ । जसको १२ राशीमा केहि महत्वपूर्ण प्रभाव पर्ने देखिन्छ ।

बुद्धको प्रतिगामीबाट जुन राशिमा सकारात्मक प्रभाव परेको छ, उनीहरुको जीवनमा आर्थिक समस्याको अन्त्य हुन्छ । तसर्थ भगवान शिवको आशीर्वाद पनि यी राशीहरूमा पर्न जान्छ । कुन राशिमा सकारात्मक असर परिरहेको छ त जानौं ।

मिथुन राशिलाई गर्नेछ असर
मिथुन राशिका लागि बुद्धको प्रतिगामी गतिले सकारात्मक प्रभाव पार्ने छ । घर परिवारमा हर्षोल्लासको वातावरण रहनेछ । करियर ब्यापार बृद्धि हुने छ । विद्यार्थीहरुलाई प्रतियोगी परीक्षाको तयारीमा सफलता मिल्ने छ ।

कन्याका रोकिएका काम हुनेछन् सफल
बुद्धको प्रतिगामी गतिले कन्या राशिमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । रोकिएको पैसा फिर्ता हुनेछ । बाबुको सहयोगले केहि महत्वपूर्ण काम पुरा हुनेछन् । व्यापारको सिलसिलामा यात्रा गर्नुपर्ने हुन सक्छ । त्यो यात्रा तपाईको लागि धेरै लाभदायक हुनेछ । व्यापारमा पैसा लगानी गर्दा आर्थिक लाभको सम्भावना पनि छ । श्रीमान श्रीमतीको सम्बन्धमा मधुरता आउनेछ ।

धनु राशिका व्यक्तिहरूले नयाँ कामको अवसर
बुद्धको प्रतिगामी गतिले धनु राशि भएका व्यक्तिहरूमा सकारात्मक प्रभाव पार्ने देखिन्छ । नयाँ कामको अवसर मिल्नेछ । खर्च कम र आम्दानी बढी हुने भएकाले बैंक ब्यालेन्स बढ्नेछ । मन एकदमै प्रफुल्लित रहनेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । आर्थिक लाभको सम्भावना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖