• Thursday 8th of October 2026

काभा भलिबल नेसन्स लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने


  • धनकुटा खबर
  • .

काभा भलिबल नेसन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। सोमबार आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सेटमा पराजित गरेसँगै शीर्ष स्थान पक्का गर्‍यो।

हारसँगै श्रीलंकाले चौथो स्थानमा रह्यो। अब भारत र श्रीलंकाबीच नै सेमिफाइनल हुनेछ।

यता भारतको जितले नेपालको शीर्ष स्थानमा रहने सम्भावना सकिएको छ। अब नेपाल र इरानले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले आफ्नो अन्तिम खेलमा अहिले माल्दिभ्ससँग खेल्दैछ। यो खेलमा जिते पनि नेपाल दोस्रो स्थानमा रहनेछ भने इरान तेस्रो हुनेछ।
दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल हुने भएकाले माल्दिभ्सविरुद्धको जितले नेपाललाई कुनै अर्थ राख्ने छैन।

यसअघि आइतबार इरानसँग ३-२ को सेटमा पराजित भएपछि नेपालको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर बनेको थियो।

सेमिफाइनलमा भोलि मंगलबार भारत र श्रीलंकाबीच पहिलो सेमिफाइनल तथा नेपाल र इरानबीच दोस्रो सेमिफाइनल हुनेछ। पर्सी बुधबार प्रतियोगिताको फाइनल हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖