• Wednesday 7th of October 2026

अमेरिका उडिन् रचना


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका रचना रिमाल सांगीतिक कार्यक्रमका लागि अमेरिका लागेकी छन् । उनी ५५ दिन लामो ‘अब नाच्छ अमेरिका’ सांगीतिक कार्यक्रमका लागि सोमबार अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।

उनी अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिनेछिन् । उनले अमेरिका आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्रा रहेको पनि जानकारी दिएकी छन् ।

“केही वर्ष अघिसम्म पारिवारिक अवस्थाले गर्दा उच्च शिक्षापश्चात् वैदेशिक रोजगारीका लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएकी म अहिले हजुरहरूकै कारणले आफ्नो १५औँ अन्तर्राष्ट्रिय सांगीतिक यात्राको क्रममा छु,” फेसबुकमा रचनाले भनेकी छन् ।

रचना नेपालकै व्यस्त गायिकामध्येकी एक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖