• Wednesday 7th of October 2026

शाहरूख खानको कारण परिवर्तन भएको थियो जोन सीनाको जीवन


  • धनकुटा खबर
  • .

१२ जुलाईमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा हलिउड अभिनेता तथा डब्लुडब्लुई स्टार जोन सीना पनि सहभागी भएका थिए।
उनले बलिउड अभिनेता शाहरूख खानसँग एउटा तस्बिर समेत खिचेका थिए। साथै उनले शाहरूखसँग भेटेर कस्तो महसुस भयो भनेर बताएका थिए।

जोन सीनाले हालै एक अन्तर्वातामा शाहरूख खानले आफ्नो जीवन परिवर्तन ल्याएको बताएका छन्।

‘यो निकै इमोशनल मोन्मेन्ट थियो, जब तपाई कुनै यस्तो व्यक्तिसँग हात मिलाउनु हुन्छ जसले तपाईको जिन्दगीमा यति धेरै प्रभाव पार्छ। उनी महत्वपूर्ण बन्छन्। उनी सहानुभूति देखाउने, दयालु र शेयर गर्ने खाल्को मान्छे थिए। उनी वास्तव मै अद्भुत थिए। शानदार थिए,’ उनले भने।

उनले थप्दै भने, ‘उनी मेरो जिन्दगीको सही समयमा भेटिए। उनको शब्द मेरो लागि प्रेरणादायिक रह्यो। जसले मेरो जिन्दगीमै परिवर्तन ल्यायो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖