• Wednesday 7th of October 2026

दुई महिनाका लागि अमेरिका उडे शान्तिश्री, रचना, ज्योति र करिष्मा


  • धनकुटा खबर
  • .

गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र मोडल करिष्मा ढकाल एकसाथ अमेरिका उडेका छन्।

सोमबार बेलुका त्यसतर्फ प्रस्थान गरेका उनीहरूको अमेरिका बसाइ झण्डै दुई महिना हुनेछ।

यी चर्चित कलाकारहरू हरितालिका तीजको अवसर पारेर अमेरिकामा आयोजित ‘अब नाच्छ अमेरिका’ सांगीतिक टुरका लागि त्यसतर्फ लागेका हुन्।

फ्लाई नेपाले अमेरिकाका थुप्रै राज्यमा यो कार्यक्रमको आयोजना गरेको छ।

यो टुरमा गायिका शान्तिश्री, रचना र ज्योतिले चर्चित गीतमार्फत दर्शक नचाउनेछन्। मोडल करिष्माको नृत्य प्रस्तुति रहनेछ।

चारैजनाको यो पहिलो अमेरिका टुर हो। अगस्ट १० मा बोस्टन सहरबाट टुरको सुरूआत हुनेछ। सेप्टेम्बर २९ सम्मका लागि कार्यक्रम तय छ।
अमेरिकामा रहेका नेपालीलाई गाउँघर सम्झाउने र रमाइलो गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖