• Saturday 28th of November 2026

ज्ञानेश्वरमा लाखौँको चोरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१ ज्ञानेश्वरमा सोमबार दिउँसो चोरी भएको छ । भैरव मार्ग डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएका ४२ वर्षीय राजु नेपालीको कोठामा चोरी भएको हो ।

ढोकाको ताला फोडेर नेपालीको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ११ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖