• Saturday 28th of November 2026

बागलुङमा ​पहिरो घर र गोठ पुरियो, एकै परिवारका तीन जना बेपत्ता


  • धनकुटा खबर
  • .

बागलुङको बडिगाड गाउँपालिका– १० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका छन् ।

घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् ।

केही क्षणमा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖