• Saturday 28th of November 2026

उद्धारका लागि गएको प्रभुको हेलिकोप्टर बस्न सकेन, डाइनेस्टीको जानै सकेन​


  • धनकुटा खबर
  • .

एयर डाइनेस्टीको कल साइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटनापछि रेस्क्युमा खराब मौसमका कारण समस्या भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार खराब मौसमका कारण रेस्क्युका लागि उडेको प्रभु हेलिकप्टर दुर्घटनास्थल भन्दा ५ नटिकल माइल वर नै ल्यान्ड गरेको छ ।

‘दुर्घटनास्थलमा मौसम खराब भएको कारण रेस्क्युका लागि उडेको प्रभुको हेलिकप्टर ५ नटिकल माइल वर नै ल्यान्ड गर्नुपर्‍यो,’ प्राधिकरण स्रोतले लोकान्तरसँग भन्यो, ‘नेपाली सेनासहितको रेस्क्यु टोली त्यहाँबाट हिँडेर घटनास्थल पुगेको छ ।’

प्राधिकरणका टोली पनि जानका लागि एयर डायनास्टीकै अर्को हेलिकप्टर लिएर जना खोज्दा खराब मौसमकै कारण नगएको त्यो स्रोतले बतायो ।

स्थलगत पुगेका रेस्क्यु टोलीले स्थानीय जनप्रतिनिधिसँग कुरा गर्दा हेलिकप्टर मडारिरहेको बादल भित्र ‘मुभिङ क्लाउड’मा छिर्दा दुर्घटना भएको हुनसक्ने बताएका छन्,’ उक्त स्रोतले थप्यो, ‘हेलिकप्टर दुर्घटनाको कारण के हो अहिले खुल्न नसके पनि खराब मौसम नै हुने प्रारम्भिक अनुमान गरिएको छ ।’

दुर्घटनामा परेर हेलिकप्टरका पाइलट अरुण मल्लका साथै चिनियाँ नागरिकहरू जुताद ताङ, जी ली, यियाद ऊ र जेमिङ सीको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा उडेको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

रसुवाको स्याफ्रुबेसी उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖