• Thursday 8th of October 2026

इङ्गेजमेन्टकाे तयारीमा नागा चैतन्य र सोभिता धुलिपाला


  • धनकुटा खबर
  • .

काठमाडौँ – केही समयदेखि डेट गर्दै आएका दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सोभिता धुलिपलाले इङ्गेजमेन्ट गर्दै छन् ।

द ग्रेट आन्ध्राका अनुसार उनीहरूले बिहीबार मगनी गर्न लागेका हुन । सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि अभिनेता सोभितासँग सम्बन्धमा रहेको खबर सुन्नमा आइरहेको थियो । नागा चैतन्य र सोभिता धुलिपाला विगत केही वर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए ।

उनीहरूबिच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी शुरु भएको थियो । यी दुवैले आफ्नो सम्बन्धबारे कहिल्यै मुख खोलेनन् ।

अभिनेताको आवासमा यो मगनी हुनसक्ने बताइएको छ । पछिल्लो समय यो जोडी प्रायः सँगै देखिने गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖