• Wednesday 7th of October 2026

पुरूषलाई बारम्बार पिसाब लाग्नुको कारण के ?


  • धनकुटा खबर
  • .

काठमाडौं । पुरुषहरूमा बारम्बार पिसाब लाग्ने समस्या धेरै कारणहरूले हुन सक्छ । जसमा प्रोस्टेटको समस्या, स्नायुसम्बन्धी विकार, मधुमेह र युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) प्रमुख छन् । यसका कारण र उपायहरू जानौँ:

प्रोस्टेटको समस्या

प्रोस्टेट ग्रन्थी बढ्दा मूत्र नलीमा दबाब पर्छ, जसले गर्दा पिसाब गर्न गाह्रो हुन्छ र बारम्बार पिसाब लाग्छ । प्रोस्टेट ग्रन्थी सुन्निँदा पनि बारम्बार पिसाब लाग्ने कारण हुन सक्छ ।

स्नायु सम्बन्धी विकार

मल्टिपल स्क्लेरोसिस र पार्किन्सन्स जस्ता रोगहरूले मूत्राशयलाई नियन्त्रण गर्ने नसाहरूलाई असर गर्न सक्छन्, जसले गर्दा बारम्बार पिसाब लाग्ने समस्या हुन्छ । मूत्राशयको नसाहरूलाई क्षति पुग्दा पनि यो समस्या हुन सक्छ ।

मधुमेह

शरीरमा सुगर धेरै भयो भने यसले मिर्गौलालाई अतिरिक्त ग्लुकोज फिल्टर गर्न बढी काम गराउँछ, जसले गर्दा पिसाबको मात्रा बढ्छ र बारम्बार पिसाब लाग्ने गर्छ ।

युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) : मूत्र नलीमा ब्याक्टेरियाको सङ्क्रमणले मूत्राशयमा पोल्ने समस्या हुन्छ र बारम्बार पिसाब लाग्ने गर्छ ।

छिटो-छिटो पिसाब लाग्नुका अन्य कारणहरू

धेरै तरल पदार्थ सेवन
केही औषधिको सेवन
मूत्राशयको पत्थरी
मूत्राशयको क्यान्सर
मूत्राशयको हाइपरएक्टिभिटी
बच्ने उपायहरू

धेरै तरल पदार्थ नपिउनुहोस्, विशेष गरी रातको समयमा ।
क्याफिन र रक्सीको सेवन कम गर्नुहोस् ।
धूम्रपान छोड्नुहोस् ।

पेल्विक मांसपेशीको व्यायाम गर्नुहोस् ।
स्वस्थ आहार लिनुहोस् ।
यो केवल सामान्य जानकारीको लागि मात्र हो । पिसाबसम्बन्धी केही समस्या भएमा डाक्टरको सल्लाह अवश्य लिनुहोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖