काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटमा शुक्रवार पुन: भूकम्प गएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भएर भूकम्प गएको हो ।
५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।
